लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ २५, बिहीबार १६:१४
सांकेतिक तस्बिर

स्याङ्जा । स्याङजाको पुतलीबजार नगरपालिका–४ रामकोशबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० वर्षीय दिनेश महर्जन रहेका छन् ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ५१५ नम्बरको बस चेकजाँच गर्दा भक्तपुर घर भै पोखरा बस्दै आएका महर्जनको साथबाट प्रहरीले अवैध लागूऔषध बरामद गरेपछि निजलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीले महर्जनको साथबाट दुई एमएलको झोलसहितको फेनेरागन ६४ एम्पुल, नुफिन ६४ एम्पुल र डाईजेपाम ६४ एम्पुलगरी जम्मा १ सय ९२ थान एम्पुल बरामद गरेको छ ।

उनीमाथि जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।