हेटौंडामा ‘जातीय विभेद एक चुनौती’ विषयक वक्तृत्वकला प्रतियोगिता
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार ‘जातीय विभेद एक चुनौती’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त प्रतियोगिता जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सामाजिक अभियान सञ्जाल, हेटौंडा–४ को आयोजना एवम स्वतन्त्र विध्यार्थी युनियन, हेटौंडा क्याम्पसको व्यवस्थापनमा भएको हो ।
प्रतियोगितामा कृषि तथा वन विश्वविध्यालयका कृतिका लौडारी प्रथम भएकी थिइन् । यस्तै, हेटौंडा क्याम्पसकी आकृती घिमिरे द्वितीय, सिद्वार्थ माविकी प्रकृति अर्याल तृतीय र महेन्द्र किरण माविका रोशन लामिछाने सान्त्वना भएका छन् । प्रतियोगीताका प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र सान्त्वना एक हजार रुपैयाँसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
विभिन्न शैक्षिक संस्थाबाट २३ जना सहभागी रहेको प्रतियोगिताको निर्णायक मण्डलमा मनोज पोखरेल, बेदराज कोईराला, डिवि बर्तौला रहेका थिए ।
सञ्जालकी अध्यक्ष माया लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा भएको हो ।
