जसपाको प्रमुख सचेतकमा प्रदीप यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रवार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
यादव पर्सा – १ बाट निर्वाचित सांसद हुन् । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी वन मन्त्री बनेका थिए । यादव अध्यक्ष उपेन्द्र निकट मानिन्छन् । उनी हाल केन्द्रीय सदस्य छन् ।