हेटौंडाका तामाङसहित चार जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०८० बैशाख २९, शुक्रबार ०८:५३
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित बिहीबार चार जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ सहिदस्मारकबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ पर्नेहरुमा हेटौंडा– ११ बस्ने बर्ष २३ को निशान वाईबा तामाङ, चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १० बस्ने वर्ष २४ को आसिष भुजेल, वर्ष २० को बिबेक लामा र वर्ष २३ को सुदिप महर्जन रहेका छन् ।

उनीहरुलाई अस्थायी प्रहरी पोष्ट सहिदस्मारकका प्रहरी हवल्दार माधव ढुंगानाको नेतृत्वमा खटिएको गस्ति गोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रहरीले उनीहरुको साथबाट लागूऔषध ट्रामाडोल ५० ट्याबलेट, एनरागन ६५ ट्याबलेट, नुरफिन १४ एम्पुल, ड्राईजेपाम ७ एम्पुल र फेनारागन २ एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।