स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख १९, मंगलवार १६:३२
सांकेतिक तस्बिर

पर्सा । पर्सामा भारतीय नागरिक स्रोत नखुलेको भारतीय रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महागरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ३ लाख ७५ हजार ८ सय भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर भएका ३९ वर्षीय अमित कुमार सिंह रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा २ हजार दरका २१ थान, ५ सय दरका ६ सय ४४ थान, २ सय दरका ३३ थान र १ सय दरका ४५ थान र ५० थानका १४ थान नोटसहित फेला पारी पक्राउ गरेको थियो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।