यी क्षेत्रमा आज सार्वजनिक विदा
काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा आज सार्वजनिक विदा दिइएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बारा २, चितवन २ र तनहुँ १ मा आज उप–निर्वाचन हुने भएकाले विदा दिएको हो ।
मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने बैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन विदा दिएको थियो ।
उप–निर्वाचन अन्तरगत आइतबार बिहान ७ देखि मतदान जारी छ । तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती दुवै निर्वाचन क्षेत्र रिक्त भएका थिए ।
यस्तै, चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले आफ्नो नागरिकता प्रकरणमा सांसद पद गुमाएका थिए । आज ती तीन वटै क्षेत्रमा उप–निर्वाचन हुँदैछ ।
