विभिन्न मुद्दाका फरार १४ जना अभियुक्त पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २९, बुधबार ०९:५८
सांकेतिक तस्बिर

रौतहट । विभिन्न मुद्दाका १४ जना फरार अभियुक्त रौतहट प्रहरीले पक्राउ गरेको छ । गत फागुन र चैत्र २७ सम्मको अवधिमा जिल्ला प्रहरी तथा तथा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले फरारको सूचीमा रहेका १४ जना फरार अभियुक्तलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेकोले उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका अभियुक्तहरूलाई जरिवाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत रौतहटको निर्देशन अनुसार जिल्ला कारागार गौरमा पठाइएको छ ।