कर्णालीमा सरकारबाट बाहिरियो एमाले

तु खबर संवाददाता
२०७९ चैत्र २६,आईतवार १७:३९

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् ।

केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।

अब एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको छ ।