२१ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ फाल्गुन ३०,मंगलवार १७:४७
सांकेतिक तस्बिर

काठमाडौं । बैङ्किङ कसुर मुद्दामा २१ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–४ मिजारटोल घर भएर भक्तपुर बस्ने ३२ वर्षीय विनोद लामा रहेका छन् ।

प्रतिवादी लामालाई सूर्यबिनायकबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उच्च अदालत पाटन २०७८ पुस २२ मा उनलाई ७ दिन कैद र २१ लाख जरिवाना हुने ठहर गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।