भारतबाट अवैध रुपमा ल्याइएको १० लाखको औषधि बरामद

तु खबर संवाददाता
२०७९ फाल्गुन १६, मंगलवार १०:१५

धनगढी । कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याइएको १० लाख रुपैयाँ भन्दा बढीको औषधि बरामद गरेको छ । प्रहरीले भीमदत्त नगरपालिका–३ भासी पुल नजिककै लुकाएको अवस्थामा १० लाख २१ हजार चार सय रुपैयाँ बराबरको औषधी बरामद गरेको हो ।

उक्त औषधी विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको टोलीले भीमदत्त नगरपालिका–३ भासी पुल नजिककै लुकाएको अवस्थामा बरामद गरेको हो ।

प्रहरीका अनुसार, लुकाई छिपाई राखेको अवस्थामा सेगोप्लेक्स नामक औषधि ८१० पत्ता, बोनेभिट एक हजार पत्ता र न्यूरोम्याक्स  एक हजार ८० पत्ता बरामद गरेको हो । बरामद गरिएका औषधी आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको जनाइएको छ ।