अन्त्येष्टिका लागि आर्यघाट लगेको शव नियन्त्रणमा

तु खबर संवाददाता
२०७९ माघ २३, सोमबार १७:५९
file photo

काठमाडौं । पशुपतिमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । तारकेश्वर नगरपालिका–३ पानीमा डुबेर मृत्यु भएको शिशुको बव नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, शिशुको शव अन्त्येष्टिका लागि पशुपति क्षेत्रको आर्यघाटमा लगिएको रहेछ । तर, शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

ट्यांकरको ठक्करबाट बालिकाको मृत्यु
काठमाडौं । काठमाडौंको डल्लुमा ट्यांकरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । सोमबार विहान साढे १० बजे डल्लुको चामुण्डा स्कुल नजिकै बा ३ ख ५३६१ नम्बरको ट्यांकरले साइकल चलाइरहेका बेला ठक्कर दिँदा ५ वर्षकी बालिका रियानी देउलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, भक्तपुर घर भएका बालिकाको परिवार डल्लुमा भाडामा बस्दै आएका थिए । उनीहरु बस्ने भन्दा पल्लो घरमा पानी खन्याएर फर्किँदै गरेको ट्यांकरले सडकमा साइकल चलाइरहेकी बालिकालार्इ ठक्कर दिएको प्रहरीले जनाएको छ ।