भैरव आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ भैरवडाँडामा रहेको भैरव आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग भएको छ । विद्यालयका विद्यार्थीहरुलाई रोटरी क्लब अफ मकवानपुरले शुक्रबार एक कार्यक्रमबीच शैक्षिक सामग्री सहयोग गरेको हो ।
विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ कक्षासम्मका ४७ जना विद्यार्थीहरुलाई झोला, कपि, पेन्सिललगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्कीको सभाधयक्षता एवम् हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो ।
शैक्षिक सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि न्यौपानेले सहयोगको लागि क्लबलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए ।
यस्तै, कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले हेटौंडा उपमहानगरपालिका नजिक रहेको भएता पनि बत्तिमुनिको अँध्यारो भने जस्तो भएको यस विद्यालयलाई अगाडि बढाउन सदैब सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुनार, रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्ष कविन साङ्गामी, रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्ष विजयलाल श्रेष्ठ, रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदीप कुमार राईलगायतको सहभागिता रहेको थियो ।
शैक्षिक सामग्री खरिदमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका संचालक तथा रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्ष पुर्णबहादुर जोशी, रोटरी क्लब अफ मकवानपुरका सदस्य मोहनप्रसाद ढकाल र पुर्णप्रसाद अर्यालको सहयोग रहेको थियो ।
