मकवानपुरका मोक्तान मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ माघ २०, शुक्रबार ०९:३१
file photo

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ मा गएराति एक जनाको शव फेला परेको छ ।

गएराति १० बजेको समयमा स्थानीय २३ वर्षीय तिलकबहादुर मोक्तान रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, मोक्तान घर नजिकैको जंगलमा रुखमा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।

स्थानीय वासिन्दाले सूचना दिएअनुसार प्रहरी टोली गएराति ११ बजे नै घटनास्थलमा पुगेको र घटनाको छानबिन गरी शव पोष्टमार्टमको लागि हेटौंडातर्फ ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।