३४ किलो चरेशसहित बिहानै पक्राउ परे तामाङ

काठमाडौं । नेपाल प्रहरीले ३४ किलो चरेशसहित आज बिहानै एक जनालाई पक्राउ गरेको छ ।
बिहान ३ बजेको समयमा कोटेश्वरबाट ३४.५ किलो चरेश लुकाइराखेको अवस्थामा वीरबहादुर तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
धादिङको गजुरी–८ किरानचोक बस्ने ३२ वर्षीय तामाङलाई प्रहरी निरीक्षक जीवन निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङबारे इलाका प्रहरी कार्यालय गजुरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।