संसद भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको मृत्यु

तु खबर संवाददाता
२०७९ माघ ११,बुधबार ०९:३७
सांकेतिक तस्वीर

काठमाडौं । मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको मृत्यु भएको छ । आत्मदाह प्रयास गरेका इलामका आचार्यको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बिहान ५ बजेको क्रममा उनको मृत्यु भएको डा. किरण नकर्मी जानकारी दिए ।

आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफैमाथि आगो लगाएका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाहको प्रयास गरेका थिए । उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगिएको मृत्यु भएको हो ।