अण्डा, मासु र चल्लाको अवैध आयात रोक्न गृहमन्त्रीको निर्देशन

तु खबर संवाददाता
२०७९ पुष २८,बिहीबार १६:५३
file-photo

चितवन । उपप्रधानमन्त्री रवि लामिछानेले अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछाने बिहीबार चितवनमा कुखुरापालनसँग सम्बन्धित व्यवसायीहरुसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको गुनासो गरेका थिए ।

लामिछानेले त्यहीबाट नेपालगञ्ज, सिन्धुली र सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोन गरेर अवैध आयात रोक्न निर्देशन दिएको नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीका पोखरेलले जानकारी दिए ।