हेटौंडा अस्पताललाई दुई हजार थान मास्क वितरण

मकवानपुर । लायन्स क्लब अफ हेटौंडा भुटनदेवी सेन्टेनलले हेटौंडा अस्पताललाई दुई हजार मास्क वितरण गरेको छ । क्लबले कोरोनाको प्रकोप फैलन नदिन भन्दै मंगलबार अस्पताललाई मास्क हस्तान्तरण गरेको हो ।
मेलविन जोन्स सर्भिस विक कार्यक्रम अन्तरगत क्बलले मास्क वितरण गरिएको कार्यक्रम संयोजक ध्रुवबहादुर पाण्डेले जानकारी दिए ।
मास्क वितरण कार्यक्रममा अस्पतालका प्रतिनिधि तथा क्लबको पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।