सत्ता गठबन्धनको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ पुष २४,आईतवार १०:०५
file-photo

काठमाडौं । सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बस्दै छ । बैठक माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।

बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने प्रचण्ड निकट स्रोतले बतायो ।

कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच सहमतिको प्रयास हुने बताइएको छ ।