वडास्तरीय कार्यक्रम कार्यान्वयनमा हेटौंडा–१४ प्रथम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ वडास्तरीय कार्यक्रम कार्यान्वयनमा प्रथम भएको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक वडास्तरीय कार्यक्रम कार्यान्वयनमा ९७.३८ प्रतिशत वित्तीय प्रगति हाँसिल गरी हेटौंडा–१४ प्रथम भएको हो ।
हेटौंडा उपमहानगरपालिको १२ औं नगरसभाको अवसरमा बिहीबार उपमहानगरका १९ वटा वडामध्ये हेटौंडा–१४ लाई प्रथम घोषणा गरेको हो ।
१४ नम्वर वडालाई उपमहानगरले पुरस्कार स्वरुप २० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
यस्तै, उक्त कार्यक्रम अन्तरगत हेटौंडा–१५ दोस्रो भएको छ । ९७.०६ प्रतिशत वित्तीय प्रगति हाँसिल गरी हेटौंडा–१५ दोस्रो भएको हो । उपमहानगरपालिकाले १५ नम्वर वडालाई पुरस्कार स्वरुप १५ लाख रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ ।
