थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ पुष १४, बिहीबार १६:०८
file-photo

काठमाडौं । देशभर थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८५८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । यही अवधिमा थप १३ हजार ३३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार, कोरोना महामारी सुरु भएयता हालसम्म देशभर १२ हजार १९ जनाको मृत्यु भएसकेका छन् ।