उपप्रधानसहित गृहमन्त्रीमा रवि लामिछानेको दावी

तु खबर संवाददाता
२०७९ पुष ११, सोमबार १५:२१
file-photo

काठमाडौं । राष्ट्रिय स्वतनत्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपप्रधानसहति गृहमन्त्रीमा आफ्नो दावी रहेको बताएका छन् । यद्यपि कसलाई कुन मन्त्रालय दिने भन्ने प्रधानमन्त्रीलाई जिम्मेवारी दिएको बताएका हुन् ।

बानेश्वरमा भएको सत्ता गठबन्धनको छलफलपछि प्रतिक्रिया दिँदै अध्यक्ष लामिछानेले आफू आफ्ना एजेण्डासहित सरकारमा जान लागेको बताए । ‘सत्ता साझेदारी हुने, सघाउने भन्ने हाम्रो निर्णय थियो, भोट माग्दा यी एजेण्डालाई साझा बनाउन सकिन्छ भन्ने थियो’, उनले भने, ‘जिम्मेवारी वाँडफाँटका सवालमा प्रधानमन्त्रीलाई जिम्मा छोडेका छौं ।’