गाँजासहित राई पक्राउ
विराटनगर । प्रहरीले ५ किलो गाँजासहित विराटनगरबाट शनिबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ का २८ वर्षीय गोरे राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
राईलाई सादा पोशाकमा खटिएको प्रहरी टोलीले विराटनगर–४ स्थित एयरपोर्ट नहरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, राईले चलाइरहेको को ३८ प ७९५१ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको हो । गाँजा फेला परेपछि स्कुटर नियन्त्रणमा लिएर चालकलाई पक्राउ गरिएको जनाइएको छ ।
