नेपाल बैंकले घोषणा गर्यो लाभांश
काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सेयरधनीहरूलाई २ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
कम्पनीको वित्तीय विवरणअनुसार चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख रूपैयाँको २ प्रतिशतले हुन आउँने बोनस सेयर वितरण गर्ने जनाएको छ ।
यस्तै, १० प्रतिशतका दरले हुन आउने नगद लाभांश समेत वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव छ ।
संचालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि वितरण हुनेछ ।



