शेयर बजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ मंसिर १९,सोमबार १६:०८

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से सूचक आज २४.४६ अंकले घटेर इन्डेक्स १९३८ विन्दुमा कायम भएको छ ।

यसअघि आईतबार शेयर बजार २.१६ अंकले बढेर इन्डेक्स १९६२ मा कायम हुन पुगेको थियो ।

यस्तै, आज नेप्सेमा सूचीकृत २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसअघि आईतबार नेप्सेमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५६ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।

आज शेयर बजार घटेपनि सयपत्रि हाइड्रोपावर, एनआइसी एशिया एशिया सेलेक्ट फण्ड–३०, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१, नारायणी डेपलपमेन्ट बैंक र कुमारी बैंकको ऋणपत्रको शेयरमूल्य तथा इकाईमूल्य बढेको छ ।