लागूऔषधसहित एक युवक पक्राउ
पाल्पा । पाल्पामा लागूऔषधसहित आईतबार एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ का ३९ वर्षीय अनिल साइ रहेका छन् ।
उनलाई जिल्लाको बगनासकाली–३, पोखराथोक नजिकैबाट प्रहरीले पक्राउ गरेको हो । बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग १३ प ४०३६ नम्वरको मोटरसाइकललाई सिद्धार्थ राजमार्गको पोखराथोकमा चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
