बसको ठक्करबाट १५ महिने बालकको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर १८,आईतवार १७:४६
File Photo

रूपन्देही । बुटवल उपमहानगरपालिका–११ मझुवास्थित सडकमा आइतबार बिहान लु १ क १५७९ नम्वरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने गोबिन्द खत्रीको छोरा १५ महिनाको बिहानी खत्री रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।