नेप्सेमा थप २६ लाख भन्दा बढी कित्ता शेयर सूचीकृत

तु खबर संवाददाता
२०७९ मंसिर १८,आईतवार १६:२४
file-photo

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि शेयर बजारमा कारोबार गर्न पाइनेछ ।