झिनो अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ मंसिर १८,आईतवार १६:०७

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । गत साता उचारचढाव देखिएको नेप्से परिसूचक आज २.१६ अंकले बढेर इन्डेक्स १९६२ मा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५६ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । गत साताको अन्तिम दिन शेयर बजार बढेर बन्द हुन पुगेकोले पनि आजको कारोबार रकम बढ्न पुगेको हो ।