माओवादी केन्द्रको बैठक सुरु

तु खबर संवाददाता
२०७९ मंसिर १८, आईतवार १५:११

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुने जनाइएको छ । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो ।