बाजुरामा रोकिएको मतगणना पुनः सुरु

तु खबर संवाददाता
२०७९ मंसिर १६, शुक्रबार १७:२३
file-photo

बाजुरा । बाजुरामा रोकिएको मतगणना पुनः सुरु भएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि विवाद भउर गणना रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार २ हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा २ हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी दिए ।

मतगणना रोकेर भएको छलफलमा बाकसमा भेटिएका सबै मत गन्ने सहमति भएपछि मतगणना सुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभातर्फको ७ हजार ५१० मतको गणना सकिदा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् ।

पाण्डेले ४ हजार २१४ मतसहित अग्रता लिंदा नेकपा एमालेका कर्णबहादुर थापाले ३ हजार ६६ मतसहित पछिपछि पछ्याइरहेका छन् ।