स्रोत नखुलेको अवैध रकमसहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर १५, बिहीबार ०९:३६
सांकेतिक तस्बिर

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको लाखौं रूपैयाँसहित बुधबार साँझ दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्वा हजमिनिया गौरबाट इन्स्पेक्टर शंकर थापाको कमाण्डमा गएको टोलीले गौरस्थित बरहवा पुल छेउमा चेकजाँचको क्रममा अवैध रकमसहित दुवै जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गढीमाई नगरपालिका ४ सग्रामपुरका २९ वर्षीय राजुकुमार यादव र ३३ वर्षीय राजेश कुमार यादव रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १२ लाख ६४ हजार ८ सय रुपैयाँ बरामद गरेको छ ।

बरामद रूपैयाँ, उनीहरुले प्रयोग गरेको प्रदेश ३–०२–०१३ प ४९५६ नम्वरको मोटरसाइकलसहित दुबै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।