हत्या गरिएको अवस्थामा पुरुषको शव फेला
काठमाडौं । सप्तरीमा घाँटी रेटी हत्या गरेको अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको कञ्चनरूप नगरपालिका– १ बैरबामा स्थानीय ५० वर्षीय पप्पु राउतको मंगलबार बिहान हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, घाँटी रेटी हत्या गरिएको अवस्थामा राउतको शव फेला परेको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
