अवैध लागूऔषधसहित एक जना पक्राउ

कैलाली । कैलालीको टीकापुर नगरपालिका–८ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ५० मिलिग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बस्ने २६ वर्षीय शिबु चौधरी रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा जिन्स पाईन्टको खल्तीमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त पदार्थसहित प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।