कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

तु खबर संवाददाता
२०७९ मंसिर ९, शुक्रबार १६:०८

कैलाली । कैलाली क्षेत्र नम्वर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । सो पार्टीका अरुणकुमार चौधरी २१ हजार ८७१ मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

यस्तै, एमालेका झपट रावलले १६ हजार १२८ मत र माओवादीका उम्मेदवार भगत बहादुर बढुवाल १५ हजार ११५ मत पाएर छन् ।