बिहीबार झिनो अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०७९ मंसिर ८,बिहीबार १६:१८

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । दुईदिनयता सामान्य अंकले घट्न पुगेको नेप्से परिसूचक आज ११.५६ अंकले बढेर १९३३ को विन्दुमा कायम भएको हो ।

नेप्सेमा सूचीकृत २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

शेयर बजार खुलेको केही समयसम्म नेप्सेमा घटबढको उतारचढाव देखिएसँगै आज कारोबार खासै सन्तोषजनक नदेखिएको हो ।