भारी मतान्तरले विजयी भए रवि लामिछाने

तु खबर संवाददाता
२०७९ मंसिर ८,बिहीबार १२:०७
file-photo

चितवन । चितवन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरे । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ भने १४ हजार ६४९ मत प्राप्त गरेका छन् ।