अझै १० निर्वाचन क्षेत्रको मतगणना सुरु हुन बाँकी

तु खबर संवाददाता
२०७९ मंसिर ८,बिहीबार ०८:४७

काठमाडौं । निर्वाचन आयोगले अझै विभिन्न १० निर्वाचन क्षेत्रको मतगणना सुरु हुनै बाँकी रहेको जनाएको छ । आयोगको आधिकारिक विवरण अनुसार, कुल १६५ निर्वाचन क्षेत्रमध्ये १५५ निर्वाचन क्षेत्रको मतगणना संचालन भइरहेको छ ।

बाँकी निर्वाचन क्षेत्रमा कतै विवाद, कतै मतपेटिका संकलन र एक स्थानमा पुनः मतदान हुनै बाँकी रहेको आयोगको भनार्इ छ । हालसम्मको नतिजाअनुसार कांग्रेसको अग्रता रहेको छ भने एमाले पछिपछि रहेको छ ।