आम निर्वाचन : मकवानपुरमा मतदान सुरु

तु खबर संवाददाता
२०७९ मंसिर ४, आईतवार ०७:२१
file-photo

मकवानपुर । मकवानपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा मतदान सुरु भएको छ । जिल्लामा विहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए ।

मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म संचालन हुनेछ । जिल्लाको क्षेत्र नम्वर १ र २ मा गरी ३६४ मतदान केन्द्रको लागि स्थल निर्माण गरिएको छ । मकवानपुरमा ३ लाख ५७८ जना मतदाता रहेका छन् ।

मकवानपुरमा निर्वाचन सम्पन्न गर्न क्षेत्र नम्वर १ मा १ हजार ३८२ र क्षेत्र नं. २ मा १ हजार ५३६ गरी कुल २ हजार ९१८ जना मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी र कार्यालय सहयोगीहरुसहित जिल्लाको सबै मतदान केन्द्रहरुमा खटिएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।