मतदान गर्न भारतबाट घर फर्किएका व्यक्ति मृत अवस्थामा फेला
डोटी । डोटीको जोरायल–३ मा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको जोरायल गाउँपालिका–३ तोडेगडा घर भएका अन्दाजी ६० वर्षका हिरालाल ओली सोही गाउँपालिका–३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतको बिचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रहरी नायब निरीक्षक गंगाराम टमाटा नेतृत्वको टोली घटनास्थल पुगेको छ । मृतकको शव नजिकै झोलासहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोत्तल भेटिएको छ । मदिरा सेवन गरी राति जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान भएपनि घटनाबारे पोस्टमार्टम रिपोट आएपछि मात्रै थाहा हुने जनाइएको छ ।
