श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर २, शुक्रबार १७:३८
file-photo

दाङ । दाङमा श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–१ क्यूरेनी निवासी ४० वर्षीय लालबहादुर बोटे रहेका छन् ।

हथौडा प्रहार गरी ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या गरेको आरोपमा बोटेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

प्रहरीका अनुसार, बोटेले सामान्य झगडा पछि श्रीमती खुमीको शुक्रबार बिहान ३ बजे आफुले श्रीमतीको हत्या गरेको बयान दिएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनीस् प्रकृया अगाडि बढाइएको छ ।