४० वटा मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमा ढुवानी गरिने

तु खबर संवाददाता
२०७९ मंसिर २, शुक्रबार १६:३९

काठमाडौं । दुर्गम र हिमाली क्षेत्रका ४० वटा मतदान स्थलको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने भएको छ । शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले मतदानपछि ४० मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमार्फत गणना स्थलसम्म ढुवानी गरिने जानकारी गराएका हुन् ।

सवारी साधन चल्ने ठाउँका मतपेटिका भाडामा लिएको गाडीमा राखेर नेपाली सेना र सशस्त्र प्रहरीले स्कर्टिङ गरेर गणना स्थलसम्म ल्याउने छन् । मतपेटिका ढुवानी गर्दा सुरक्षा निकायका सवारी सधान प्रयोग नगर्नेगरी निर्देशिका तयार गरिएको गृह सचिव सिंहले जानकारी दिए ।