मकवानपुरका पुडासैनीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

तु खबर संवाददाता
२०७९ मंसिर २, शुक्रबार १५:४१

मकवानपुर । निर्वाचन आयोगले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं.४ स्थिच पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता विपरित पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार–प्रसारमा सहभागी भएको भन्ने उजुरी परेको हुँदा आयोगले बिहीबार स्पष्टीकरण सोधिएको हो ।

‘तपाईंले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ? यदि तपाईंले दलको प्रचारप्रसार गर्ने कार्य गर्नुभएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र ऐ. ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही गर्नु नपर्ने कारण के छ ?’ भनि आयोगले पुडासैनीलाई सोधिएको स्पष्टीकरणमा उल्लेख गरिएको छ ।