हेटौंडाका लामा प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ मंसिर १, बिहीबार १६:०४
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने २४ वर्षीय सुमन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, लामालाई लागूऔषध नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल र डाईजेपाम २० एम्पुल गरी जम्मा ६० एम्पुलसहित पक्राउ गरेको हो ।

आज बिहान ११ बजेको समयमा हेटौंडा-१५ रातोमाटेस्थित चौकी अगाडि पुर्व–पश्चिम सडकखण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले बिरगंजबाट नारायणघाटतर्फ जाँनको लागि हेटौंडातर्फ आउँदै गरेको ना ५ ख १७५८ नम्वरको बसलाई रोकि चेक जाँच गर्दा बसमा सवार लामाको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।