शेयर बजारमा दोहोरो अंकको सुधार

तु खबर संवाददाता
२०७९ मंसिर १,बिहीबार १५:३८
file-photo

काठमाडौं । आज साता कारोबारको अन्तिम शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । चुनाव नजिकिएसँगै आज नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६ विन्दुमा कायम हुन पुगेको छ । यसअघि बुधबार नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको थियो ।

नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।

आज शेयर बजारमा दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक शेयरमूल्य गुमाउने कम्पनीमा फरवार्ड माइक्रोफाइनान्स रहेको छ । त्यस्तै, आज सर्वाधिक हाइड्रोपावर समूहको कुल ७ हजार ४६१ ट्रान्जेक्सन भएको छ ।