बुधबार नेप्से परिसूचक १३ अंकले बढ्यो
काठमाडौं । उतारचढावकाबीच बुधबार शेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक १३.४० अंकले बढ्दा १९११.२६ को विन्दुमा कायम भएको छ । मंगलबार नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको थियो ।
नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ हजार ६१२ कित्ता शेयर किनबेच हुँदा आज ८५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसअघि मंगलबार नेप्सेमा सूचीकृत २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
यस्तै, एनबीको ब्याजदर पुरानै निरन्तरता हुने भएसँगै शेयर बजारमा पुन हरीयाली छाँउन थालेको छ । आज रिद्धि हाईड्रोपावर हिमालयन डिस्टीलरी र पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ । त्यस्तै, सिक्लेस हाईड्रोपावरको शेयरमा सर्किट लागेको छ ।
