लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९ कार्तिक ३०, बुधबार १०:२७
बर्दिया । बर्दियामा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–५ बस्ने छोटेलाल थारू रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत बर्दियाको २०७९ कात्तिक २५ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बर्दियामा बुझाएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।
