वैदेशिक रोजगार विभागका नायव सुब्बा घुससहित पक्राउ
काठमाडौं । वैदेशिक रोजगार विभागमा कार्यरत नायव सुब्बा प्रमोद पाण्डे पक्राउ परेका छन् । पाण्डे वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा कार्यकक्षबाट मंगलबार पक्राउ परेका हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले ३० हजार घुस रकमसहित पक्राउ गरेको हो । यस्तै, खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ रुपैयाँ पनि फेला परेको अख्तियारले जनाएको छ ।
पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।
