३ जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ कार्तिक २९, मंगलवार १५:४९

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । गुल्मीको इस्मा गाउँपालिका–५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जीवाकला थापा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सुर्खेतको लेकबेशी नगरपालिका–९ चौरासे तिल्केपानी बस्ने ७३ वर्षीया डिल्लीसरा जैशी आफ्नै घर नजिक खेतमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चतरा झुम्का नहरमा हाल पहिचान नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा सोमबार फेला परेको छ ।

सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।