लागूऔषधसहित दुई जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ कार्तिक २८, सोमबार १८:०१

कैलाली । कैलारी गाउँपालिका–७ सरदघाटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित प्रहरीले आईतबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज चौधरी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल वेश क्याम्प बिपदपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से ४ प ४२०२ नम्वरको गाडी समेत बरामद गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।