लागूऔषधसहित एक जना पक्राउ
झापा । झापाबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय धुलावारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित शनिबार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको कचनकवल १ घर भई हाल बुद्ध शान्ति–३ बस्ने वर्ष ३१ को मोहमद हुसेन रहेका छन् । उनलाई चेक जाँच गर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिस्याइलो पदार्थ १०२ ग्राम बरामद भएको थियो ।
उनीसँग थप सोधपुछ गर्दा झापाको मेचीनगर ८ बस्ने विकाश राजबंशी कोठामा लुकाई छिपाइ राखेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिस्याइलो पदार्थ २५ ग्राम २५० मिलिग्राम र डिजिटल तराजु थान १ फेला बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
हुसेनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
